मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौँ प्लाजा, कमलादीमा

Post Date : February 16, 2017 | 9:50 pm

काठमाडौँ, ५ फागुन । कास्की, पोखरामा केन्द्रीय कार्यालय रहेको मुक्तिनाथ विकास बैंकले काठमाडौँ प्लाजा, कमलादीमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । केन्द्रीय कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गर्नु भएको छ ।

बैंकको हाल ४४ वटा शाखा, ९ वटा सीमित बैंकिङ इकाई, ३ वटा एक्सटेन्सन काउण्टरबाट बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो चौमासिकसम्ममा १४ अर्ब ५८ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन र १३ अर्ब ९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरी २२ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको निस्क्रीय कर्जा शून्य दशमलब अठार प्रतिशत रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी १ अर्ब ५३ करोड १३ लाख ५० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४४ करोड ४० लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *