मुलुकको आर्थिक स्थितिबारे छलफल

Post Date : February 9, 2017 | 5:05 pm

काठमाडाँै, २७ माघ । मुलुकको वर्तमान आर्थिक अवस्थाबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले अर्थ र राजस्व सचिवका साथै केन्द्रीय बैंकका गभर्नरसँग सामूहिक छलफल गर्नुभएको छ ।

अर्थ मन्त्रालयमा आज भएको छलफलमा पुँजीगत खर्च वृद्धि, राष्ट्रिय गौरवका आयोजनालाई रकमको अभाव हुन नदिने, वित्तबजारमा देखिएको तरलता अभाव, राजस्व सङ्कलनको लक्ष्य प्राप्ति, राजस्व चुहावट नियन्त्रणलगायत विषयमा छलफल भएको थियो ।

उपप्रधानमन्त्री महरालाई देशको पछिल्लो आर्थिक अवस्थाबारे अर्थ सचिव शान्तराज सुवेदी, राजस्व सचिव राजन खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले आफूमातहतका निकायबाट बजेट कार्यान्वयन, मौद्रिक नीतिको प्रभावकारिता, राजस्वका लक्ष्य र चुनौतीका साथै हालसम्मका प्रगतिबारे जानकारी गराउनुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *