मेगा बैंकले ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Post Date : June 30, 2017 | 12:26 pm

काठमाडौँ, १६ असार । मेगा बैंक लिमिटेडले १० बराबर ६ दशमलब ५ को अनुपातमा हकप्रद शेयर निष्काशनको लागि २०७४/३/१५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले प्रति शेयर रु.१००।– अंकित दरका २ अर्ब ९७ करोड ८५ लाख ३ हजार ४ सय ६३ रुपैयाँ बराबरको २ करोड ९७ लाख ८५ हजार ३४ दशमलब ६३ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी ७ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ । चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफा र हकप्रद शेयरबाट चुक्ता पूँजी ८ अर्ब रुपैयाँ नाघ्ने बैंकले जनाएको छ ।

बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *