मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको थप १५ शाखाबाट कारोबार शुरु

Post Date : September 22, 2016 | 11:44 am

काठमाडौं, ६ असोज । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले स्थापनाको तेस्रो र चौथो वर्षमा गरी थप १५ शाखाबाट कारोबार शुरु गरेको छ । गत भदौ २९ गते सल्यानको कपुरकोट शाखाबाट ७ जना महिलालाई बिनाधितो बिपन्न वर्ग कर्जा लगानी गरी प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कारोबारको औपचारिक शुरुवात गर्नुभएको थियो । प्रमुख कार्यकारी दाहालले रुकुमको मुसीकोट, रोल्पाको लिवाङ्ग लगायतका शाखाहरु भ्रमण गरी शाखा उदघाटन तथा औपचारिक कारोबार शुरु गर्नुभएको थियो ।

सोही क्रममा आफू ग्राहकमुखी सेवा र कर्मचारी मैत्री प्रशासनमा विश्वास गर्ने बताउँदै सफल हुनका लागि कर्मचारीहरु कर्तव्यनिष्ठ, अनुशासित, बफादार र निरन्तर लगनशील भई लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो । संस्थाले पनि कर्मचारीहरुलाई समाजमा गुणस्तरिय सेवा दिनसक्ने गरी क्षमता अभिबृद्धि गर्दै जाने योजना रहेको र यसै क्रममा कर्मचारी तालिमहरु संचालन समेत भइरहेको जानकारी गराउनुभएको थियो ।

संस्थाले सुदुर पश्चिमका डोल्पा र अछाम लगायत पश्चिमका सुर्खेत, रोल्पा, रुकुम, सल्यान, प्युठान, गुल्मी, पाल्पा, स्याङ्गजा, लमजुङ्ग र गोरखा जिल्लामा एक एक वटा शाखा कार्यालयहरु मार्फत कार्यक्रम संचालन गरी कारोबार शुरु गरेको हो ।

त्यसैगरी मध्यमाञ्चलको रसुवा र बारा तथा पूर्वको धनकुटामा पनि एक एक वटा शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ ।

mero2

Leave a Reply

Your email address will not be published. Required fields are marked *