यती डेभलपमेण्ट बैंकद्वारा तीज र ऋषी पञ्चमीमा चिसो पानी वितरण

Post Date : September 7, 2016 | 5:53 pm

काठमाडौं, २२ भदौ । महिलाहरुको महान चाड हरितालिका तीज र ऋषी पञ्चमीको अवसरमा यती डेभलपमेण्ट बैंकले भदौ १९ गते पशुपति क्षेत्र परिसरमा र भदौ २१ गते टेकुस्थित ऋषेश्वर महादेव दर्शन गर्न आउनु हुने श्रद्धालु भक्तजनहरुलाई चिसो पानी खुवाउने कार्यक्रमको आयोजना गरयो । उक्त कार्यक्रमहरुमा करीब ५००० भन्दा बढी दर्शनार्थीहरुलाई बैंकले प्रत्यक्ष रुपमा सेवा उपलब्ध गराएको थियो । संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको यती डेभलपमेन्ट बैंकले यस्ता सामाजीक कार्यहरुलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *