युक्रेनमा पुनः साइबर आक्रमण

Post Date : July 10, 2017 | 4:17 pm

किभ, २६ असार । युक्रेनमा पुनः साइबर आक्रमण भएको समाचार छ । यसअघि त्यहाँ करिब दुई हप्ता अघि पनि यस्तो आक्रमण भएको थियो । सो साइवर आक्रमणमा परी दुई हजार जना भन्दाबढी पीडित भएका थिए ।

युक्रेनको राष्ट्रिय प्रहरीले सोमबार विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ । युक्रेनका कम्युटर सञ्जालमा कम्तीमा एक हजार जटा कम्युटर भाइरसले असर बिगारेको सो विज्ञप्तिमा जानकारी दिइएको छ ।

दुई हप्ताअघि करिब एक सय सरकारी कार्यालयमा यस्तो असर परेकोमा आज पुनः थप सयवटा सरकारी र निजी कम्पनीले औपचारिक रुपमा सो साइबर आक्रमणको निवेदन प्रहरीसमक्ष दर्ता गरेका थिए ।

साइबर आक्रमणको लहर गत विश्वव्यापी रुपमा चलिरहेका बेला फेरि यो समाचार आएको हो । साइबर आक्रमणबाट युक्रेन, रुस, युरोपेली सङ्घका देशहरु, अमेरिकालगायत अन्य देशहरुका कम्पनीहरु प्रभावित भएका छन् ।

युक्रेनको मन्त्रिपरिषद्, केही मन्त्रालय र सरकारी तथा सम्वेदनशील कार्यालय विमानस्थल, रेल सेवा, विभिन्न बैंकलगायतका कार्यालयका कम्युटरमा पनि साइबर आक्रमण भएको सो विज्ञप्तिमा उल्लेख छ । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *