यूनियन हाइड्रोपावरले १४ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने

Post Date : June 29, 2016 | 1:39 pm

काठमाडौं, १५ असार । यूनियन हाइड्रोपावर कम्पनी लिमिटेडको रु १००/– दरको १४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । साधारण शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई यूनियन हाइड्रोपावर कम्पनीले नियुक्त गरेको छ । शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यूनियन हाइड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष किरण मल्ल र लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गर्नु भएको विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *