राजमार्ग आसपासमा मदिरा पसल नराख्न आदेश

Post Date : December 15, 2016 | 3:31 pm

नयाँदिल्ली, ३० मङ्सिर । भारतको सर्वोच्च अदालतले देशभरका सवै राष्ट्रिय राजमार्गको छेउछाउमा मदिरा पसल नराख्न बिहीबार आदेश दिएको छ ।

राजमार्गको छेउछाउमा मादक पदार्थको बेचविखनबाट सवारी दुर्घटना बढेको र यसलाई कम गर्ने उद्देश्यले अदालतले यस्तो आदेश दिएको अधिकारीले बताएका छन् ।

भारतका प्रधानन्यायाधिश टी एस ठाकुरको इजलासले कुनै पनि राष्ट्रिय वा प्रदेशस्तरिय राजमार्गका छेउछाउमा मदिरा पसल राख्न नदिन र यसअघि अनुमतिपत्र लिएकाहरुको पनि नविकरण नगर्न आदेश दिइएको हो ।

यद्यपी आउँदो बर्षको अप्रिल १ तारिखदेखि आदेश कार्यान्वयनमा ल्याउन पनि अदालतले प्रष्ट पारेको छ ।

अदालतले मादक पदार्थको नयाँ पसल राजमार्गदेखि ५०० मिटर भन्दा टाढा राख्न र राजमार्ग छेउछाउमा रहेका होडिङ बोर्डहरु तत्काल हटाउन पनि आदेश दिएको छ ।

भारत विश्वमै सबैभन्दा धेरै सवारी दुर्घटना हुने देशमा पर्दछ । एक तथ्याङ्कअनुसार, भारतमा सवारी दुर्घटनाका कारण वर्षेनी १३ लाख जनाको मृत्यु हुने गरेको छ ।

अधिकांश दुर्घटना सडकको दुरावस्था, मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने र तिव्र गतिका हुने गरेको अधिकारीले बताएका छन् । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *