राजस्व सङ्कलनमा १०८ प्रतिशत वृद्धि

Post Date : September 23, 2016 | 1:35 pm

गुलरिया (बर्दिया), ७ असोज । बर्दियामा यस महिनामा भन्सार कार्यालयद्वारा राजस्व सङ्कलनमा १०८ प्रतिशत वृद्धि भएको छ । आव २०७३/७४ मा राजापुर भन्सार कार्यालयको राजस्व असुलीको वार्षिक लक्ष्य रु एक करोड ९५ लाख ३० हजार रहेको छ ।

यस वर्ष गत भदौमा मासिक लक्ष्य १५ लाख ६४ हजार रहेकामा जम्मा १६ लाख ८३ हजार ५३६ रुपैयाँ सङ्कलन भएको छ । जुन लक्ष्यअनुसार तुलनात्मक १०८ प्रतिशत वृद्धि भएको छ ।

यसमध्ये राजापुर मूल भन्सार कार्यालयमा पाँच लाख ७१ हजार २६६ रुपैयाँ रहेको छ भने गुलरिया छोटी भन्सार कार्यालयबाट ११ हजार ४१५, ताराताल छोटी भन्सार कार्यालयबाट ४९ हजार ८२५ र मालसामान लिलामबाट आठ लाख ५१ हजार २० रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी राजापुर छोटी भन्सार कार्यालयका प्रमुख मनोजकुमार विकले दिनुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *