राष्ट्रिय बाणिज्य बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

Post Date : December 5, 2016 | 4:12 pm

काठमाडौँ, २० मङ्सिर । राष्ट्रिय बाणिज्य बैंक र त्रिभुवन विश्वबिद्यालयबीच अवकाश प्राप्त प्राध्यपक तथा कर्मचारीहरुको निवृत्तीभरण भुक्तानी गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले हस्ताक्षर गर्नु भएको छ । कार्यक्रममा बैंकका अध्यक्ष डा. रविन्दप्रसाद पाण्डे र त्रिभुवन विश्वबिद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थ खानिया समेतको उपस्थिति रहेको थियो ।

त्रिभुवन विश्वविद्यालयका करिब ४ हजार ५ सय अवकाश प्राप्त प्राधयापक तथा कर्मचारीले बैंकबाट निवृत्तीभरण भुक्तानी लिने सुविधा लिने छन भने भविष्यमा करिब १५ हजार प्राध्यापक तथा कर्मचारीहरुले यो सुविधा लिन पाउने अनुमान गरिएको छ ।
बैंकको हाल ७६ जिल्लामा १ सय ७१ वटा शाखा कार्यलयबाट वित्तीय कारोवार संचालन गदैं आएको छ । बैैंकका सबै क्षेत्रमा गरी ८६ वटा एटीएम काउन्टर संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *