राष्ट्रिय वाणिज्य बैंकको नयाँ ४ शाखा

Post Date : July 14, 2017 | 1:29 pm

काठमाडौँ, ३० असार । राष्ट्रिय वाणिज्य बैंकले ४ वटा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले झापाको झापा गाउँपालिका–२ स्थित झापाबजार, सिन्धुलीको कमलामाई नपा–११ स्थित भिमान, रुपन्देहीको गैंडहवा गाउँपालिका–६ स्थित सुरजपुरा र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ स्थित त्रिवेणीमा शाखा संचालनमा ल्याएको छ ।

यी ४ वटा शाखासहित बैंकको शाखा संख्या १ सय ७९, ९२ वटा शाखारहित बैंकिङ सेवा, १३० वटा एटिएम र ३ लाखभन्दा बढी ग्राहकले प्रयोग गरिरहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *