राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न दरबन्दी माग

Post Date : September 15, 2016 | 4:45 pm

काठमाडौं, ३० भदौ । राष्ट्रिय वाणिज्य बैंकले खाली रहेको दरबन्दी पूर्ती गर्न विभिन्न पदका २ सय ४९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

बैंकले प्रकाशित गरेको सूचना अनुसार सहायक प्रबन्धकमा ६९ जना, वरिष्ठ सहायक १९ जना, वरिष्ठ सहायक (नगद) ५० जना, वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) ६ जना, सहायक ५५ जना र सहायक (नगद) ५० जना माग गरिएको छ ।

यी पदहरुमा उच्च माध्यमिक तहदेखि स्नातकोत्तर तहसम्म उत्तीर्ण गरेकाहरूले योग्यता अनुसार आवेदन दिन सक्नेछन् । निवेदन दिने म्याद १ महिना तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *