राष्ट्रिय वार्षिक प्रतिवेदन (वासलात) पुरस्कार सिटिजन्स बैंकलाई

Post Date : July 24, 2016 | 11:21 am

काठमाडौं, ९ साउन । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले वाणिज्य बैंक तर्फको “राष्ट्रिय वार्षिक प्रतिवेदन (वासलात)” पुरस्कार प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीलाई उक्त पुरस्कार प्रदान गर्नु भएकोछ । नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्था (आईक्यान) ले प्रत्येक वर्ष प्रदान गर्दै आएको यो पुरस्कार सन् २०१५ को लागि सिटिजन्स बैंकले प्राप्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *