राष्ट्र बैंकले सोमबार ९७० करोड रुपैयाको ट्रजरी बिल बिक्री गर्ने

Post Date : September 22, 2016 | 7:37 pm

काठमाडौं, ६ असोज । नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले यही असोज १० गते सोमबारका दिन ९७० करोड रुपैया बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

विभागले ९१ दिने ९०० करोड रुपैया, १८२ दिने ३० करोड रुपैया र ३६४ दिने ४० करोड रुपैयाको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

यी ट्रेजरी बिल ९१ दिनेको २०७३ पौष १२ गते, १८२ दिने २०७२ चैत्र ५ गते र ३६४ दिने २०७४ असोज १० गते परिपक्व हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *