राहदानी वितरणबाट साढे तीन करोड राजस्व

Post Date : June 15, 2016 | 1:16 pm

इलाम, १ असार । राहदानी वितरणबाट जिल्ला प्रशासन कार्यालयले रु तीन करोड ७१ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।

चालु आवमा सात हजार १४६ जनालाई राहदानी वितरण गरिएको कार्यालयका नासु प्रकाश न्यौपानेले जानकारी दिनुभयो । चालु आवको जेठ मसान्तसम्म एक हजार ८३० जनाले काठमाडाँैंबाट राहदानी बनाउने गरी सिफारिस लगेका छन् ।

आव २०७१/७२ मा आठ हजार १८ जनाले राहदानी बनाएका थिए भने चार हजार नौ जनाले काठमाडौँंबाट राहदानी बनाउन सिफारिस लगेका थिए । गत आवमा छ हजार ५०० जनाले राहदानी लिएका थिए । यस वर्ष कोरिया भाषा पढ्ने विद्यार्थीको सङ्ख्या बढेका कारण राहदानी बनाउनेको सङ्ख्या बढेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *