रिलायन्स लोटस फाइनान्स र क्लियरिङ हाउसबीच सम्झौता

Post Date : September 19, 2016 | 1:11 pm

काठमाडौं, ३ असोज । नेपाल क्लियरिङ हाउस लिमिटेड र रिलायन्स लोटस फाइनान्स लिमिटेडबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणलीका लागि एनसीएचएल (आईपीएस) सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह र रिलायन्स लोटस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रष्ठले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनका लागि एनसीएचएल (आईपीएस) प्रणाली उपलब्ध गराउने जनाएको छ । यो भुक्तानी प्रणली मार्फत क्लियरिङ हाउससँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थामा रहेका ग्राहकको कुनै पनि खातामा भुक्तानी लिने र दिने जस्ता कारोवार पूर्ण रुपमा संचालन गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *