रु छयानब्बे करोड राजस्व सङ्कलन

Post Date : August 2, 2016 | 3:21 pm

तुलसीपुर (दाङ), १८ साउन । आन्तरिक राजस्व कार्यालयले गत आवमा रु ९६ करोड चार लाख ४० हजार राजस्व सङ्कलन गरेको छ ।

करअधिकृत थमलाल भट्टराईका अनुसार गत आवमा कार्यालयले रु ८९ करोड ६ लाख ८५ हजार राजस्व उठाउने लक्ष्य लिएकोमा लक्ष्यभन्दा रु ६ करोड ९६ लाख बढी राजस्व सङ्कलन गरेको छ ।

आयकरतर्फ रु ४९ करोड ४४ लाख ७३ हजार, बहाल करतर्फ रु चार करोड ६३ लाख २५ हजार, ब्याज करतर्फ रु दुई करोड ५४ लाख ७१ हजार राजस्व सङ्कलन गरेको थियो । अन्तःशूल्क करतर्फ रु १० करोड १२ लाख ४४ हजार, स्वास्थ्य सेवा करतर्फ रु ३५ लाख ८४ हजार र शिक्षा सेवा करतर्फ रु ३५ लाख ८४ हजार राजस्व सङ्कलन भएको थियो । राप्ती अञ्चलका दाङ, सल्यान, रुकुम, रोल्पा र प्यूठानका गरी हाल २८ हजारभन्दा बढी करदाता रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *