रु सात अर्बको कृषिजन्य वस्तु उत्पादन

Post Date : July 18, 2016 | 4:18 pm

इलाम, ३ साउन । इलाममा यो वर्ष रु सात अर्ब बराबरको कृषिजन्य वस्तुको उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार अलैँंची, अदुवा, आलु, ओलन, अमिृसो, सुन्तला, अकबरे खुर्सानी गरी रु सात अर्ब १६ लाख ५२ हजार बराबरको उत्पादन भएको हो ।

उत्पादित कृषिजन्य वस्तु झापाको काँकडभिट्टा हुँदै भारत, बङ्गलादेश लगायतका देशमा निर्यात गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेका अनुसार आलुबाट रु दुई अर्ब २७ करोड ९० लाख ४० हजार, अदुवाबाट रु दुई अर्ब २० करोड ७७ लाख अलैँंचीबाट रु एक अर्ब पाँच करोड ५५ लाख, विभिन्न तरकारीजन्य वस्तुको बिक्रीबाट रु एक अर्ब ४२ करोड ५३ लाख ४३ हजार इलाम भित्रिएको हो ।

त्यस्तै सुन्तलाबाट रु १४ करोड ५२ लाख ८२ हजार, अकबरे खोर्सानीबाट रु १३ करोड ७५ लाख, किबीफलबाट रु तीन करोड १६ लाख ४० हजार, किबीको बिरूवाबाट रु ६२ लाख ५० हजार आम्दानी भएको छ ।

अलैँंचीको बिरूवा बिक्रीबाट रु एक करोड ८० लाख, महबाट रु एक करोड ५३ लाख ८८ हजार आम्दानी भएको छ । गत आर्थिक वर्ष २०७१÷०७२ मा रु ६ अर्ब ७२ करोडको कृषिजन्य उत्पादन गरी निर्यात भएको कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *