रैराङ हाइड्रोपावरमा ४ गुण बढी शेयर आवेदन

Post Date : June 29, 2017 | 1:24 pm

काठमाडौँ, १५ असार । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो जारी पूँजी ५६ करोड रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ६० लाख रुपैयाँ बराबरको ५ लाख ६० हजार कित्ता साधारण शेयर प्रभावित क्षेत्रका बासिन्दाका लागि जेठ २५ गते निष्काशन गरेको थियो ।

रैराङ हाइड्रोपावरले प्रत्यक्ष प्रभावित पाँचथर जिल्लाको थर्पु गाविस र ताप्लेजुङ जिल्लाको साबिक साँल्लाखु गाविसका जनताका लागि २ लाख ४० हजार कित्ता र दुवै जिल्लाका बाँकी गाविसका लागि ३ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

आवेदन माग गरिएका दुवै जिल्लाका बासिन्दाले ५ हजारभन्दा बढी आवेदन मार्फत २३ करोड रुपैयाँ बराबरको लागि शेयर आवेदन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *