लक्ष्मी बैंकको नयाँ अनफिक्स्ड मुद्दती खाता

Post Date : March 3, 2017 | 1:34 pm

काठमाडौँ, २० फागुन । लक्ष्मी बैंकले अनफिक्स्ड डिपोजिट नामक नयाँ मुद्दती खाता संचालनमा ल्याएको छ । ग्राहकलाई मुद्दतीका साथै बचत खाताको पनि लाभहरू अर्थात तरलता र उच्च ब्याजदर दुवै प्रदान गर्ने उद्देश्यले यो नयाँ खाता संचालनमा ल्याएको बैंकले जनाएको छ ।

अनफिक्स्ड डिपोजिट खाताले ग्राहकको जम्मा रकमलाई उक्त खातामा स्वचालित रकमान्तर (अटोमेटिक ट्रान्सफर) गरी २ वर्षको नयाँ मुद्दती खाता खोली बढी ब्याज प्राप्त गर्न मद्दत पुग्ने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यसका लागि ग्राहक बैंकमा पुगेर आवेदन फारम भर्न नपर्ने बैंकले जनाएको छ । यस योजनामा पुराना तथा नयाँ ग्राहकको लागि प्रारम्भिक वार्षिक ब्याजदर १० प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *