लक्ष्मी बैंकको ३८ प्रतिशत बोनस शेयर प्रस्ताव पारित

Post Date : June 29, 2017 | 1:09 pm

काठमाडौँ, १५ असार । लक्ष्मी बैंकको १६ औँ वार्षिक साधारण सभाले शेयरधनीलाई ३८ प्रतिशत बोनस शेयर वितरण गर्न राखेको प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७२/७३ को सञ्चित मुनाफाबाट २०७३ असार मसान्तसम्म कायम शेयर पूँजीको ३८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्स्ताव गरेको बैंकले जनाएको छ ।

सोही आ.व. २०७२/७३ मा बैंकले १ अर्ब १५ करोड रुपैयाँ हाराहारीमा संचालनमा मुनाफा आर्जन गर्न सफल भएको जनाइएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३÷७४ को तेस्रो त्रैमासिकसम्म ५७ अर्ब ८० करोड ११ लाख रुपैयाँ निक्षेप संकलन र ५० अर्ब २१ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५६ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । हाल बैंकको ३६ जिल्लामा ६८ शाखा सञ्जाल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *