लक्ष्यभन्दा तीनगुणा बढी राजश्व संकलन

Post Date : July 30, 2017 | 5:59 pm

काठमाडौँ, १५ आउन । काठमाडौँ महानगरपालिकाको भवन इजाजत महाशाखाले यस वर्ष लक्ष्यभन्दा तीनगुणा बढी रु ३३ करोड राजश्व संकलन गरेको छ ।

कामपाको भवन इजाजत महाशाखाले आर्थिक वर्ष २०७३/७४ का लागि रु १० करोड राजश्व उठाउने लक्ष्य लिएकामा लक्ष्यभन्दा तीनगुणा बढी रु ३३ करोड संकलन भएको महाशाखाका प्रमुख राम थापाले जानकारी दिनुभयो ।

अघिल्लो आवमा पनि रु १० करोडमात्र राजश्व संकलन भएकोे यस महाशाखामा गत वर्ष भवन निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेकाले राजश्व बढेको उहाँको भनाइ छ ।

पछिल्लो समय कामपामा नक्सा पास गर्नेभन्दा निर्माण सम्पन्न प्रमाणपत्र लिने बढेका छन् । वर्ष यस महाशाखाबाट दुई हजार ५४९ जनाले नक्सा पास गरेका छन् भने दुई हजार ६२४ जनाले निर्माण सम्पन्न भएको प्रमाणपत्र लिएका छन् ।

नियमअनुसार नक्सा पास भएको दुई वर्षमा भवन निर्माण गरिसक्नुपर्ने छ । निर्माण पूरा भएको तीन दिनमा प्रमाणपत्र लिनका लागि कामपामा निवेदन दिनुपर्छ । विसं २०७२ साउनदेखि कामपाले भवन निर्माण भएको प्रमाण पत्र नलिएमा त्यस्ता भवन बैंकमा राखी ऋण लिन नपाउने, पानी, बिजुली, फोहर उठाउनेजस्ता कामपाबाट पाउने सुविधा रोक्का गर्ने जनाएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *