लक्ष्यभन्दा साढे एक करोड बढी कर सङ्कलन

Post Date : June 16, 2017 | 1:07 pm

काठमाडौँ, २ असार । काठमाडाैँ महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा रु एक करोड ५५ लाख बढी विज्ञापन कर सङ्कलन गरेको छ ।

चालु वर्षका लागि विनापन करमा रु पाँच करोड लक्ष्य लिइएको भएपनि हालसम्म रु छ करोड ५५ लाख सङ्कलन भइसकेको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो ।

काफ्लेका अनुसार आव २०७२/७३ मा रु चार करोड १७ लाख सङ्कलन गरिएको थियो । चालु आवमा अहिलेनै लक्ष्यभन्दा रु एक करोड ५५ लाख बढी सङ्कलन भइसकेको छ ।

केही वर्षयता नियमअनुसार विज्ञापन नराख्ने र सहर कुरुप बनाउनेलाई कामनपाले कडारुपमा कारबाही गर्दै त्यस किसिमको विज्ञापन आफ्नै सक्रियतामा हटाउन थालेपछि यस किसिमको उल्लेखनीय सुधार भएको काफ्लेको दाबी छ ।

महानगरका ३२ वटै वडामा विज्ञापनको प्रयोग गर्दा झ्याल छोप्ने र राख्ने, सार्वजनिक जग्गामा विभिन्न किसिमका विज्ञापन राख्ने, ठूला विज्ञापन असुरक्षित तरिकाले राखी विज्ञापन नीति बाहिर रहेकालाई कारबाही गर्न थाले पछि यस शीर्षकमा कर सङ्कलन बढेको हो ।

चालु आव समाप्त हुँदा रु सात करोड नाघ्ने पक्का छ, काफ्लेले भन्नुभयो । २०५६/५७ सालदेखि यस क्षेत्रको कर सङ्कलन गर्न थालेको कामनपाले तीन वर्षदेखि मात्र लक्ष्य हासिल गर्न थालेको छ ।

कर सङ्कलनका लागि ठूलो सम्भावना रहेको यस महानगरले कतै नीतिको अभाव त कतै जनशक्ति थोरै जस्ता समस्या देखाउँदै उल्लेख्य मात्रामा सबै क्षेत्रको कर सङ्कलन गर्न सकेको छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *