लघुवित्त सम्मेलन बुधबारबाट शुरु हुने

Post Date : March 14, 2017 | 10:41 am

काठमाडौँ, १ चैत । लघुवित्त सम्मेलन बुधबारबाट काठमाडौँमा शुरु हुने भएको छ । सम्मेलनमा गैरसरकारी संस्था, साना किसान, कृषि सहकारी तथा विशेषज्ञसहित ८ सयजना सहभागी हुन सक्ने भएका छन् ।

नेपालमा सञ्चालित लघुवित्तका प्रमुख समस्या, चुनौती तथा कठिनाईका बारेमा नियामक र सेवा प्रदायकबीच समस्या र समाधानका उपाय पत्ता लगाउनको लागि ३ दिन (मार्च १५-१७) सम्म सम्मेलन गर्न लागेको आयोजक सेन्टर फर माइक्रोफाइनान्सले जनाएको छ ।

छलफलका लागि आठ पूर्ण सत्र र २० विभाजित सत्रहरू संचालन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *