लुम्बिनी बिकास बैंकको शाखा तनहुँको चन्द्रावतीमा

Post Date : July 12, 2017 | 5:17 pm

तनहुँ, २८ असार । लुम्बिनी बिकास बैंक लिमिटेडले “ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत बहुसंख्यक जनता (ग्राहक) लाई बैंकिङ्ग सेवा पुरयाउने घोषित नीति अनुरुप २०७४ असार २८ गतेदेखि तनहुँ जिल्लाको भानु नगरपालिका, वडा नं. १३ चन्द्रावतीमा आफ्नो ५०औँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले गर्नुभयो । उक्त कार्यक्रमको सभापतित्व विकास बैक संचालक समितिका अध्यक्षसुशिल पराजुलीले गर्नुभयो भने स्वागत मन्तव्य प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले गर्नुभयो । स–साना निक्षेप परिचालन तथा कृषि एवं साना व्यवसायमा कर्जा लगानी गरी त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्देश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

यस विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ABBS, Mobile Banking लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ भने देशका विभिन्न भागमा रहेका यस शाखा सहित कुल ५० वटा शाखा सञ्जालहरु र १२ वटा ATM बाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *