लुम्बिनी विकास बैंकको खड्गभन्ज्याङ्ग, नुवाकोटको शाखा स्थानान्तरण

Post Date : August 7, 2017 | 6:19 pm

नुवाकोट, २३ साउन । लुम्बिनी विकास बैंक लिमिटेडको नुवाकोट जिल्ला, खड्गभन्ज्याङ्ग गाविसमा अवस्थित शाखा कार्यालयलाई सोही जिल्लाको बिदुर नगरपालिका, देवीघाटमा स्थानान्तरणको बिधिवत् उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ । बैंकले ग्राहकवर्गलाई थप सहज एवं सरल बैंकिङ्ग कारोबार गर्न सुविधा मिलोस भन्ने हेतुले सम्पूर्ण भौतिक पूर्वाधारयुक्त रहेको देविघाटमा शाखा कार्यालय स्थानान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

उक्त शाखा स्थानान्तरण कार्यक्रमको विधिवत् उद्घाटन बैंक संचालक समितिका अध्यक्षसुशिल राज पराजुलीले गर्नुभयो । उक्त अवसरमा अध्यक्षले उद्घाटन मन्तव्यका क्रममा समस्त नुवाकोटवासीबाट हालसम्म पाएको सहयोग तथा सद्भाव प्रति हार्दिक आभार प्रकट गर्नुहुँदै आगामी दिनमा पनि यसै गरी बैंकप्रति सहयोग र सद्भाव कायमै रहने अपेक्षा गर्नुभयो । बैंकको हाल कायम रहेको बृहत शाखा सञ्जालको माध्यमद्वारा सरल तथा गुणस्तरीय बैंकिङ्ग सेवाबाट ग्राहक महानुभावहरु थप लाभान्वित हुने धारणा समेत व्यक्त गर्नुभयो । उक्त उद्घाटन कार्यक्रममा स्थानीय वडा अध्यक्ष, उद्योग वाणिज्य महासंघ नुवाकोटका अध्यक्षलगायत अन्य गन्यमान्य व्यक्तिहरुको उपस्थिति रहेको समेत उक्त प्रेस विज्ञप्तीमा उल्लेख छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ATM, ABBS, Mobile Banking, Remittance, लकर लगायतका बैंकिङ्ग सेवा सुबिधाहरु प्रदान गर्दै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा रही देशका विभिन्न भागमा छरिएर रहेका ५१ वटा शाखा सञ्जालहरुवाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *