लेखनाथ नगरपालिकाको तालचोकमा फेवा विकास बैंकको शाखा

Post Date : June 22, 2016 | 6:11 pm

फेवा विकास बैंकले कास्कीको लेखनाथ नगरपालिकास्थित तालचोकमा शाखा स्थापना गरी बैंकिङ्ग कारोवार सुरु गरेको छ । बैंकको यो सहित शाखा संख्या २८ पुगेको छ ।

यस नयाँ शाखाबाट अत्याधुनिक बैंकिङ्ग सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । बैंकले चाँडै नै म्याग्दीको बेनीमा शाखा खोल्ने तयारी गरिरहेको छ । बैंकले चालु आ.व. २०७२/७३ को तेस्रो त्रैमासिक अवधिमा १० अर्ब ६३ करोड रुपैया निक्षेप संकलन तथा ९ अर्ब ३३ करोड रुपैया कर्जा लगानी गरी २६ करोड रुपैया संचालन मुनाफा आर्जन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *