वाणिज्य बैंकहरूबाट थप पाँच विदेशी मुद्राको खरिद र बिक्री गर्न सकिने

Post Date : July 27, 2016 | 8:49 am

काठमाडौं, १२ साउन । नेपाल राष्ट्र बैंकले स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती डिनार र बहराइन डिनारलाई चाँडै नै बैंकहरूबाट बिक्री गर्नको लागि निर्देशन जारी गर्न लागेको छ । यसअघि उक्त मुद्रा खरिद मात्र गर्न सकिन्थ्यो ।

नेपाल राष्ट्र बैंकबाट जारी आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीतिमा परिवत्र्य विदेशी मुद्राको मागलाई दृष्टिगत गरी खरिद दर मात्र उल्लेख भएका यी पाँच विदेशी मुद्राको खरिद दर र बिक्री दर तोकी बिक्री गर्ने व्यवस्था मिलाउने उल्लेख भएको थियो ।

यी विदेशी मुद्राको वाणिज्य बैंकहरूबाट बिक्री सुरु भएपछि स्विडेन, डेनमार्क, हङकङ, कुवेत र बहराइन जाने नेपालीहरूको लागि सुविधा हुनेछ ।

अमेरिकी डलर, यूरो, पाउण्ड स्टर्लिङ, स्वीस फ्रैङ्क, अष्टेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर र जापानी येनको बिक्री लामो समयदेखि नै हुँदै आइरहेको छ ।

यस्तै चिनिया युयान, साउदी अरब रियाल, कतारी रियाल, थाई भाट, संयुक्त अरक इमिरेट दिराम, मलेशियन रिङ्गिट र दक्षिण कोरियन वनको बिक्री केही महिना अघि खोलिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *