वायु ऊर्जा प्रविधिबाट बिजुली बाल्न पाएपछि स्थानीयवासी दङ्ग

Post Date : June 11, 2017 | 6:11 pm

नवलपरासी, २८ जेठ । वायु र सौर्य ऊर्जा प्रविधिबाट बिजुली बाल्न पाएपछि नवलपरासीका विकट पहाडी क्षेत्र धैवादीका स्थानीय दङ्ग परेका छन् ।

एसियाली विकास बैकको लगानीमा करिब चार वर्षअघि सो प्रविधि जडान गरिएपछि धैवादीका ६० घरपरिवारले बिजुली बाल्न पाउँदा हर्षित भएका हुन् ।

सो प्रविधिबाट १२ किलोवाट बिजुली निकाल्न सफल भएको छ । जस अन्तर्गत १० किलोवाट वायु ऊर्जाबाट र दुई किलोवाट सोलार प्रविधिबाट निकालिएको हो । प्रविधिअन्तर्गत दुईवटा पङ्खा जडान गरिएको छ, जसबाट पाँच÷ पाँच किलोवाट गरी १० किलोवाट बिद्युत् उत्पादन हुने गर्दछ ।

धौवादीलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा नमुना गाउँ बनाउने उद्देश्यले एसियाली विकास बंैकले उक्त प्रविधि जडान गरिदिएको जिल्ला समन्वय समितिले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *