वित्तीय साक्षरतालाई पाठ्यक्रममै राख्नुपर्छ – गभर्नर नेपाल

Post Date : November 13, 2016 | 8:13 pm

काठमाडाौँ, २८ कात्तिक । नेपाल राष्ट्र बैंकको प्रवर्द्धनमा मिडिया इन्टरनेशनलले रुपन्देहीको रुद्रपुरमा शुरु गरेको वित्तिय जागरण राष्ट्रिय अभियानको नेपाल राष्ट्र बैंक का डा. चिरञ्जीवी नेपालले गर्नु भएको छ ।

उद्घाटनका अवसरमा गभर्नर नेपालले सबै नागरिकलाई बैंकिङ्ग पहुँचमा ल्याउन बालबालिकालाई सानै उमेरदेखि खाता खोल्न, बचत गर्न र आर्थिक कारोबार बैंकमार्फत नै गर्ने बानी बसाल्न वित्तीय साक्षरतालाई पाठ्यक्रममै राख्नुपर्छ भन्नु भएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिध्दार्थनगर शाखाका मुख्य ब्यवस्थापक रेवती नेपाल, नेपाल बैंकर्स संघका उपाध्यक्ष प्रकाश पौड्यालले वित्तीय साक्षरतालाई बढाउनु पर्ने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *