विद्युत प्राधिकरणले लाप्छेखोला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता गरेको छ

Post Date : August 8, 2016 | 11:40 am

काठमाडौं, २४ साउन । नेपाल विद्युत प्राधिकरण र अपर लाप्छेखोला जलविद्युत आयोजनाबीच विद्युत खरिद सम्झौता (पीपीए) भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र अपर लाप्छेखोला जलविद्युत आयोजनाका प्रवद्र्धक इनर्जी भेन्चर प्रा.लि.का निर्देशक महेब खरेलले पीपीएमा हस्ताक्षर गर्नु भएको छ ।

दोलखा जिल्लाको लामाबगर गाविसमा पर्ने ५२ मेगावाटको अपर लाप्छेखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको हिउँदमा ८ रुपैया ४० पैसा र वर्षायाममा ४ रुपैया ८० पैसामा खरिद सम्झौता भएको हो ।

आयोजना निर्माणको लागि ८ अर्ब ५० करोड रुपैया लागत अनुमान गरिएको छ । आयोजनाले एकवर्षभित्र वित्तीय स्रोत व्यवस्थापन गरी ४ वर्षभित्र निर्माण पूरा गरी विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *