शंखधरको नाफा ४८ लाख १४ हजार

Post Date : August 20, 2017 | 6:18 pm

भक्तपुर, ४ भदौ । शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आव. २०७३/७४ मा ४८ लाख १४ हजार ५४५ नाफा गरेको छ । सो संस्थाकोे १० अौँ वार्षिक साधारणसभामा अध्यक्ष रामसुन्दर श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ३० दशमलव २ प्रतिशत नाफा आर्जन भएको बताउनुभयो ।

संस्थाको शेयर पुँजी रु दुई करोड २० लाख ७५ हजार ४०० पुगेको, कुल बचत रु २५ करोड २५ लाख ६३ हजार ८७८ संकलन भएको र रु २२ करोड ७१ लाख ६ हजार ९१ ऋण लगानी गरेको उहाँले जानकारी दिनुभयो ।

संस्थाले जगेडा कोष वृद्धि गरी रु ६६ लाख ३३ हजार ७२७ पुरयाएको, अन्य कोषमा रु ४९ लाख ७० हजार ४१४ पुगेको, संस्थाको सम्पत्तिलाई वृद्धि गरी रु ३० करोड ३५ लाख ६२ हजार ७०७ पुरयाइएको जनाएको छ ।

साधारणसभामा सांसद रामेश्वर ढुंगेलले सहकारी संस्था सिद्धान्तमा चल्नुपर्नेमा जोड दिँदै बचतकर्ताको विश्वास जित्दै नाफामुखी भन्दा पनि सेवामुखी भएर जानुपर्ने बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमि नगरपालिका खानेपानी, सरसफाइ, सार्वजनिक जग्गा संरक्षणमा प्राथमिकताका साथ कार्य अगाडि बढेको चर्चा गर्दै सहकारी संस्थाको विकासमा पनि नगरपालिकाले टेवा पुरयाउने बताउनुभयो ।

साधारण सभामा संस्थाका ज्येष्ठ सदस्य रामबहादुर खड्गी, र च्रवेती श्रेष्ठलाई सम्मान गर्नुका साथै २०७३ को एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने सुमित श्रेष्ठ र विञ्जली बज्राचार्यलाई पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी संस्थाका उत्कृष्ट आवधिक बचतकर्ता गणेशमाया श्रेष्ठ, उत्कृष्ट नियमित बचतकर्ता कृष्णहरी प्रजापति, उत्कृष्ट बाल बचतकर्ता निश्चिन्त बज्राचार्य, उत्कृष्ट ऋण कारोबार हेरबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *