शिवरात्री पर्वको अवसरमा नेपाल टेलिकमको अफर

Post Date : February 23, 2017 | 6:48 pm

काठमाडौँ, १२ फागुन । उपभोक्ताहरुलाई यथाशक्य सहुलियतपूर्ण दूरसञ्चार सेवा उपलब्ध गराउने कम्पनीको नीति अनुसार नेपाल टेलिकमले नेपालीहरुको पवित्र चाड शिवरात्रीको अवसरमा Festival Offer ल्याएको छ ।

यस अफरमा Data Bundle Package अन्तर्गत रु. ७५ मा 100 MB Data र वोनसको रुपमा 100 MB नै You Tube Data Pack उपलब्ध गराइएको छ । यो Data १५ दिनसम्म प्रयोग गर्न सकिने छ । यस्तैगरी रु.१५० मा 200 MB Data र वोनसको रुपमा 200 MB नै You Tube Data Pack उपलब्ध गराइएको छ । यी दुवै Data Package ३० दिनसम्म २४ सै घण्टा प्रयोग गर्न सकिने छ ।

यो सेवा प्राप्त गर्ने तरिका ः 100MB को लागि U100 र 200MB का लागि U200 Type गरी 1415 मा SMS गर्ने ।

यस्तै Facebook Package अन्तर्गत रु. २२।६० मा ५ दिनको अवधिका लागि 100 MB फेशबुक प्याकेज पनि उपलब्ध गराएको छ । यो सेवा प्राप्त गर्ने तरिका ः Facebook Type गरी 1415 मा SMS गर्ने ।

यो Festival Offer मिति २०७३।११।१३ देखी २०७३।११।२७ गतेसम्म लागू हुनेछ । उल्लिखित शुल्कहरु करसहितका हुन् ।

यो Package 4G सेवाग्राहीका लागि बढी आकर्षक हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *