शुक्रबार फरक धारका तीन चलचित्र एकैसाथ

Post Date : August 5, 2016 | 11:39 am

काठमाडौँ, २१ साउन । अाज शुक्रबार तीन वटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउँदैछन् । तीनै चलचित्र फरक धारका छन् । त्यसमध्ये एक किशोर रानाको निर्देशनमा बनेको पछिल्लो चलचित्र ‘प्रतिविम्ब’ मगर संस्कृतिमा आधारित चलचित्र हो । चलचित्रमा मुख्य अभिनेता मनसुदन थापा र अभिनेत्री पवित्रा सारु मगर रहेका छन् ।

द लाफा आर्टस इन्टरनेसनलको ब्यानरमा निर्मित चलचित्रको कथा निर्देशक राना स्वयम्ले लेख्नुभएको हो । त्यस्तै चलचित्रमा गायक कुमार राना, मिस ‘मगर हङ्कङ’ कमला पुनलगायत कलाकरको अभिनय रहेको छ ।

त्यस्तै अर्को चलचित्र ‘एक पल’ ‘एक्सन’ प्रधान चलचित्र हो । यो चलचित्रलाई राज शाक्यले सम्पादन तथा निर्देशन गर्नुभएको हो । चलचित्रमा राम महर्जन, जेनिशा केसी, आकाशजङ्ग शाहको मुख्य भूमिका रहेको यो चलचित्रका निर्माता आरएल महर्जन हुनुहुन्छ ।

त्यसैगरी त्रिकोणात्मक प्रेमकथा बोकेको चलचित्र ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ पनि शुक्रबार नै प्रदर्शनमा आउँदै छ । ऋषिराज आचार्यको निर्देशनमा बनेको यो चलचित्रमा एउटी केटी र दुई केटाबीचको प्रेम कथा देखाइएको छ । यसमा मुख्य भूमिका सुराजनी केसीको रहेको छ भने सुशान्त कार्की र सुशील सिटौलाले दुई प्रेमीको भूमिका निभाएका छन् । चलचित्रमा एउटी केटीका लागि दुई केटाले गरेको सङ्घर्षलाई रोचक ढङ्गले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *