शेयरबजारमा दोहोरो अंकको वृद्धि हुन सकेन, कारोवार भएको रकममा पनि कमी अायो

Post Date : June 29, 2016 | 4:06 pm

काठमाडाैं, १५ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज एकदमै थोरै ०.४० अंकले बढेर १७२४.५९ बिन्दुमा पुगेको छ । कुल ६४१६ कारोवारबाट ४६ लाख ८२ हजार ६६ कित्ता शेयर किनबेच भई १ अर्ब ५८ करोड १९ लाख २९ हजार ४२३ रुपैयाको कारोवार भएको छ ।

अाज वाणिज्य बैंक समूह बाहेक सबै समूहहरुको कारोवारमा वृद्धि भएको छ । सबैभन्दा बढी कारोवार बीमा कम्पनीहरुको ६२.२५ अंकले बढेर ४१ करोड रुपैयाभन्दा बढीको कारोवार गरेको छ । तरवाणिज्य बैंकहरुको कारोवार ८.५६ विन्दुले घटे पनि कारोवार भएको रकमको अाधारमा सबैभन्दा बढी ५४ करोड रुपैयाभन्दा बढीको कारोवार गरेको छ । त्यस्तै विकास बैंकहरुको २९.१६ अंकले बढेर ३३ करोेड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ५ कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा एभरेषट बैंक लिमिटेडको पनि ५ कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *