शेयरबजारमा बीमा कम्पनीको अग्रता कायमै

Post Date : June 9, 2016 | 3:28 pm

काठमाडाैं, २७ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज १९.९० अंकले बढेर १५६६.७० बिन्दुमा पुगेको छ । कुल ६७६९ कारोवारबाट १८ लाख ८८ हजार ३३९ कित्ता शेयर किनबेच भई १ अर्ब ८९ करोड ९४ लाख २० हजार ३९ रुपैयाको कारोवार भएको छ ।

बैंक तथा होटल समूह बाहेक अरु सबै समूहहरुको कारोवारमा उकालो लागेको छ । हिजो सबैभन्दा बढी बीमा कम्पनीहरुको कारोबार ३८७.२ विन्दुले उकालो लागेकाे थियो भने अाज पनि बीमा कम्पनीहरुकै कारोवार ५९५.४३ विन्दुले उच्च रहेको छ । बीमा कम्पनीहरुको सबैभन्दा बढी १ अर्ब ८ करोड १७ लाख ४० हजार रुपैया बराबरको कारोवार भयो । अाज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको कारोवार २४ करोड ८ लाख ५० हजार ९१२ रुपैयाको भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *