शेयरबजारमा बैंक तथा बीमा कम्पनीहरुको कारोवार उच्च

Post Date : June 12, 2016 | 4:29 pm

काठमाडाैं, ३० जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज ३१.२६ अंकले बढेर १५९७.९६ बिन्दुमा पुगेको छ । कुल ७३५४ कारोवारबाट २१ लाख ३१ हजार ८५९ कित्ता शेयर किनबेच भई १ अर्ब ९६ करोड ४७ लाख २३ हजार ५४० रुपैयाको कारोवार भएको छ ।

बैंक समूहको सबैभन्दा बढी ९१ करोड १ लाख ७२ हजारको कारोवार भयो । जलविद्युत कम्पनीहरु बाहेक अरु सबै समूहहरुको कारोवारमा उकालो लागेको छ । सबैभन्दा बढी कारोवार नेपाल बङ्गलादेश बैंकको ३५ कराेड ५८ लाख ६८ हजार १८७ रुपैया भयो । त्यस्तै युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. र एभरेष्ट बैंक लि. क्रमश: दोस्रो र तेस्रो बढी कारोवार भएका कम्पनीहरु हुन् । साताको पहिलो दिन बैंक तथा बीमा कम्पनीहरुको कारोवारले नया उचाई लिएको छ जसले गर्दा शेयरबजारले झण्डै २ अर्बको कारोवार गर्न सफल रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *