शेयरबजारमा ४० अंकको बढाेत्तरी, करिब २ अर्ब रुपैयाको कारोवार

Post Date : July 18, 2016 | 4:48 pm

काठमाडाैं, ३ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४०.८३ अंकले बढेर १७८६.५४ बिन्दुमा पुगेको छ । कुल ९०९५ कारोवारबाट २८ लाख ७० हजार ४९७ कित्ता शेयर किनबेच भई १ अर्ब ९५ करोड ४१ लाख ७० हजार ७६१ रुपैयाको कारोवार भएको छ ।

अाज विकास बैंक, फाइनान्स र अन्य समूहको कारोवार अोरालो लागेको छ भने वाणिज्य बैंक, होटल, जलविद्युत, बीमा र उत्पादन समूहको कारोवार उकालो लागेकाे छ ।

वाणिज्य बैंकहरुको कारोवार हिजो जस्तै अाज पनि उच्च रह्यो, उक्त समूहको ४०.७९ अंकले बढेर ८७ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । होटल समूहको १.१७ अंकले बढेर करिब ८ करोड रुपैयाको कारोवार भएको छ । त्यस्तै जलविद्युत समूहको १४.६६ अंकले बढेर ४ करोड ८६ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने बीमा समूहको ६१८.४२ अंकले बढेर ४३ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । उत्पादन समूहको ४४.४६ अंकले बढेर करिब साढे ३ लाख रुपैयाको कारोवार भएको छ ।

विकास बैंक समूहको २.८३ अंकले घटेर ३६ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ०.२८ अंकले घटेर २ करोड २३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै अन्य समूहको ११.२७ अंकले घटेर करिब साढे ८ करोड रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल बंगलादेश बैंक लिमिटेडको १० कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा नेपाल बैंक लिमिटेडको ८ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । अान वाणिज्य बैंकहरु र बीमा कम्पनीहरुको कारोवार रकम ह्वाट्टै बढेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *