शेयरबजार अोरालो लाग्ने क्रम जारी

Post Date : October 19, 2016 | 3:38 pm

काठमाडाैं, ३ कार्तिक । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४.८४ अंकले घटेर १७८७.८९ बिन्दुमा पुगेको छ । कुल ३२९९ कारोवारबाट ८ लाख ५० हजार २३४ कित्ता शेयर किनबेच भई ५६ करोड ४६ लाख २ हजार ९७९ रुपैयाको कारोवार भएको छ ।

अाज पनि शेयरबजारमा गिरावट अाएको छ  ।  होटल समूह बाहेकका अरु सबै समूह अोरालो लागेको छ ।

होटल समूहको २.२५ अंकले बढेर ३२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको १.८४ अंकले घटेर २९ करोड ४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ४.४४ अंकले घटेर ६ करोड ३५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने  । जलविद्युत समूहको ३.८३ अंकले घटेर १ करोड ३० लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने फाइनान्स समूहको १.९९ अंकले घटेर ५७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । बिमा समूहको ५७.१३ अंकले घटेर १३ करोड ९१ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने उत्पादन समूहको ६.८२ अंकले घटेर ४३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै अन्य समूहको ७.८१ अंकले घटेर ८२ लाख ३० हजार ६९० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको ५ करोड ९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २ कराेड ९९ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *