शेयरबजार उकालोतिर, १ अर्ब ५० करोड रुपैयाभन्दा बढीको कारोवार

Post Date : August 29, 2016 | 6:17 pm

काठमाडाैं, १३ भदाै । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १८.३१ अंकले बढेर १७६६.५४ बिन्दुमा पुगेको छ । कुल ६६५७ कारोवारबाट २९ लाख ५७ हजार ६०८ कित्ता शेयर किनबेच भई १ अर्ब ५० करोड ८६ लाख ३३ हजार १९० रुपैयाको कारोवार भएको छ ।

अाज साताको दोस्रो दिन पनि हिजोकै जस्तै होटल र जलविद्युत समूह बाहेक अरु सबै समूहको नेप्से परिसूचकमा सुधार अाएको छ ।

वाणिज्य बैंकहरुको २३.६२ अंकले बढेर ७० करोड ३५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको १७.३९ अंकले बढेर १० करोड ७५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । फाइनान्स समूहको ७.०५ अंकले बढेर १ करोड २७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बीमा कम्पनीहरुको ५५.८९ अंकले बढेर ५१ करोड ७६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको ३६.१४ अंकले बढेर ९ लाख ७१ हजार ६९० रुपैयाको कारोवार भएको छ भने अन्य समूहको १.४४ अंकले बढेर १ करोड ४३ लाख १६ हजार ४०० रुपैयाको कारोवार भएको छ ।

होटल समूहको १७.४६ अंकले घटेर ७५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ४.६५ अंकले घटेर १ करोड २७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ करोड ८६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बंगलादेश बैंक लिमिटेडको ११ कराेड ५३ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *