शेयरबजार निराशाजनक स्थितिमा, ३९.३१ अंकले घट्यो

Post Date : August 22, 2016 | 6:24 pm

काठमाडौँ, ६ भदौ । धितोपत्र बजारमा सेयरको मूल्य घट्ने क्रम आज पनि जारी रह्यो ।

नेपाल स्टक एक्सचेजन्जका अनुसार नेप्से परिसूचक ३९.३१ अङ्कले घटेर एक हजार ६८३ बिन्दुमा कायम छ । कुल १४० कम्पनीको ११ लाख ९० हजार ४३१ कित्ता सेयर रु ८६ करोड १९ लाख ४३ हजार ८११ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत २.२२ प्रतिशतले घटेको छ ।

सबै समूहको सेयर मूल्य रातो भएपछि सेयर बजार न्यून बिन्दुमा ओर्लिएको हो । स्टकका अनुसार बैङ्किङ २.०२, होटल ३.८, विकास बैंक २.२६, जलविद्युत् ३.६४, फाइनान्स २.४९, बिमा २.६६, उत्पादन १.१७ र अन्य समूहको सेयर २.६६ प्रतिशतले घटेको छ ।

कारोबारका हिसाबले नेपाल इन्भेस्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र हिमालयन जनरल इन्सुरेन्स अग्रस्थानमा रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *