शेयरबजार २६.४६ अंकले बढ्यो, एभरेष्ट बैंकको मात्रै २२ करोड रुपैयाभन्दा बढीको कारोवार

Post Date : September 26, 2016 | 5:44 pm

काठमाडाैं, १० असोज । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २६.४६ अंकले बढेर १७५७.१० बिन्दुमा पुगेको छ । कुल ५०९३ कारोवारबाट ११ लाख ४१ हजार ७६१ कित्ता शेयर किनबेच भई १ अर्ब ७ करोड ६१ लाख ३८ हजार ५७६ रुपैयाको कारोवार भएको छ ।

निरन्तर अोरालो लागिरहेको शेयरबजार अाज साताको दोस्रो दिन उकालो लागेको छ । हिजो अाइतबार ३६ अंकले अोरालो लागेको शेयरबजार अाज सबै समूह उकालो लागी २६ अंकले शेयरबजार उकालो लागेको छ ।

वाणिज्य बैंकहरुको ३१.७६ अंकले बढेर ६६ करोड ५९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ५४.१६ अंकले बढेर ६४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको १८.२ अंकले बढेर १० करोड ९३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको २१.७३ अंकले बढेर २ करोड ३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । फाइनान्स समूहको ८.१४ अंकले बढेर २ करोड ५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । बिमा समूहको ८७.२ अंकले बढेर १८ करोड १२ लाख रुपैयाको कारोवार भएकाे छ भने अन्य समूहको ९.५४ अंकले बढेर ७७ लाख ५१ हजार ५४० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा एभरेष्ट बैंक लिमिटेडको २२ करोड ७७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बंगलादेश बैंक लिमिटेडको १० कराेड ४७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *