शेयरबजार ६.२५ अंकले बढ्यो

Post Date : October 27, 2016 | 5:38 pm

काठमाडाैं, ११ कार्तिक । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ६.२५ अंकले बढेर १७५९.७१ बिन्दुमा पुगेको छ । कुल ४५३२ कारोवारबाट १० लाख १० हजार ७२३ कित्ता शेयर किनबेच भई ६९ करोड ६४ लाख २७ हजार ४६५ रुपैयाको कारोवार भएको छ ।

साताको अन्तिम दिन  शेयरबजार ६.२५ अंकले उकालो लागेको छ । वाणिज्य बैंक, विकास बैंक, जलविद्युत र अन्य समूहको सूचक उकालो लागेको छ भने अरु सबै समूहका सूचक अोरालो लागेको छ ।

वाणिज्य बैंकहरुको ८.४२ अंकले बढेर ३५ करोड ९७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको १८.१७ अंकले बढेर १४ करोड २६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै जलविद्युत समूहको १५.७२ अंकले बढेर २ करोड ७१ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने अन्य समूहको १.७३ अंकले बढेर ४० लाख ८७ हजार १७० रुपैयाको कारोवार भएको छ ।

होटल समूहको १५.५६ अंकले घटेर ८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको २.५७ अंकले घटेर ९३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै बिमा समूहको ४१.२३ अंकले घटेर १२ करोड ६२ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी माछापुच्छ्रे बैंक लिमिटेडको १० करोड ३१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा मुक्तिनाथ विकास बैंक लिमिटेडको ६ कराेड ५६ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *