सत्र अर्ब राजस्व सङ्कलन

Post Date : July 20, 2016 | 4:52 pm

पर्सा, ५ साउन । वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले आव २०७३/७४ मा लक्ष्य भन्दा रु ११ करोड ५४ लाख ४० हजार बढी राजस्व सङ्कलन गरेको छ ।

गत आवका लागि भन्सार विभागले रु १७ अर्ब आठ करोड पाँच लाख ६८ हजार राजस्व सङ्कलन गर्न लक्ष्य दिएको थियो । कार्यालयले रु १७ अर्ब १९ करोड ६० लाख आठ हजार राजस्व सङ्कलन गरेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख देवीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

गत आवमा भन्सार करतर्फ रु सात अर्ब ४३ करोड ६२ लाख ५२ हजार, मूल्य अभिवृद्धि करतर्फ रु आठ अर्ब ७७ करोड आठ लाख ५१ हजार र अन्तःशुल्कतर्फ रु ९८ करोड ८९ लाख चार हजार राजस्व सङ्कलन भएको छ ।

आव २०७१/७२ मा भन्सार विभागले दिएको लक्ष्य भन्दा रु ६६ करोड ६६ लाख ६६ हजार कम राजस्व सङ्कलन भएको थियो । विभागले रु १६ अर्ब ३९ करोड ८६ लाख ६८ हजार लक्ष्य दिएकोमा रु १५ अर्ब ७३ करोड २० लाख दुई हजार मात्र राजस्व सङ्कलन गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *