सनराइज बैंकको एघारौं शाखारहित बैंकिङ्ग सेवा उदयपुरको नेपालटारमा

Post Date : October 27, 2016 | 5:53 pm

काठमाडौँ, ११ कात्तिक । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुरयाउँदै जाने उद्देश्य अनुसार आफ्नो शाखारहित बैंकिङ्ग सेवा उदयपुर, वडा नं.४ स्थित पंचावतीको नेपालटारमा शुरू गरेको छ । बैंकको गाईघाट शाखाका प्रमुख विश्वेश्वर नायकको उपस्थितिमा पंचावती गाविसका सचिव खिलराज कार्कीले आज नेपालटारमा आयोजित एक समारोहका बीच पानसमा बत्ति बाली यस बैंकको एघारौं शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नु भयो ।

सो अवसरमा बैंकको गाईघाट शाखाका प्रमुख विश्वेश्वर नायकले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्देश्य प्रष्ट पार्दै शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि बोधकुमार घिमिरेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभयो । बैंकको शाखाहरु नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठाको छापबाट, पोइन्ट अफ सेल मेसिनको माध्यमबाट कारोबार गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *