सनराइज बैंकको तेह्रौं शाखारहित बैंकिङ्ग सेवा रौतहटको सरमुजुवामा

Post Date : December 6, 2016 | 6:16 pm

काठमाडौँ, २१ मङ्सिर । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुरयाउँदै जाने उद्देश्य अनुसार आफ्नो शाखारहित बैंकिङ्ग सेवा सरमुजुवा गा.वि.स.वडा नं. ०८, बंकुल, रौतहट जिल्लामा शुरू गरेको छ । बैंकको गौर शाखाका प्रमुख बिपत चौधरीको उपस्थितिमा भुतपूर्व न्यायधिश देव शरण प्रसाद चौधरीले आज आयोजित एक समारोहका बीच पानसमा बत्ति बाली बैंकको तेह्रौं शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नु भयो ।

सो अवसरमा बैंकको गौर शाखाका प्रमुख बिपत चौधरीले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्देश्य प्रष्ट पार्दै शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि खुरसैद खाँ पैठानलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभयो । बैंकका शाखाहरु नभएको ठाउँबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठाको छापबाट, पोइन्ट अफ सेल मेसिनको माध्यमबाट कारोबार गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *