सनराइज बैंकको थप दुईवटा शाखा विस्तार

Post Date : April 8, 2018 | 6:08 pm

काठमाडौँ, २५ चैत । सनराइज बैंक लिमिटेडले आइतबार रौतहटको दुर्गाभगवती गाउँपालिका र जुम्लाको गुठीचौर गाउँपालिकामा आफ्नो दुईवटा नयाँ शाखाहरू विस्तार गरेको छ ।

दुर्गाभगवती गाउँपालिकामा गाउँपालिका अध्यक्ष श्री अरुणकुमार शाह र बैंकका नायब महाप्रबन्धक श्री अपछ कुमार यादबले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । त्यसैगरी गुठीचौर गाउँपालिकामा गाउँपालिका अध्यक्ष श्री हरि बहादुर भण्डारी र बैंकका नायब महाप्रबन्धक श्री रविन नेपालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ७८ वटा शाखा, ९५ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ्ग सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैंकिङ्ग तथा ईन्भेष्टमेन्ट बैंकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेड रहेको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *