सनराइज बैंकको बाह्रौं शाखारहित बैंकिङ्ग सेवा बनियाँनी बजार, झापामा

Post Date : December 2, 2016 | 4:02 pm

काठमाडौँ, १७ मङ्सिर । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुरयाउँदै जाने उद्देश्य अनुसार आफ्नो शाखारहित बैंकिङ्ग सेवा बनियाँनी गा.वि.स. वडा नं. ०८, बनियाँनी बजार, झापामा शुरू गरेको छ । बैंकको भद्रपुर शाखाका प्रमुख संजोग राजभण्डारीको उपस्थितिमा बनियाँनी बजार समितिका अध्क्षय देउमान बुढाथोकीले आज बनियाँनी बजारमा आयोजित एक समारोहका बीच पानसमा बत्ति बाली बैंकको बाह्रौं शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नु भयो ।

सो अवसरमा बैंकको भद्रपुर शाखाका प्रमुख संजोग राजभण्डारीले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्देश्य प्रष्ट पार्दै शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि सत्यनारायण मण्डललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभयो । बैंकको शाखाहरु नभएको ठाउँबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठाको छापबाट, पोइन्ट अफ सेल मेसिनको माध्यमबाट कारोबार गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *