सनराइज बैंकद्वारा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत बीमा रकम भुक्तानी ”

Post Date : July 14, 2017 | 11:27 am

काठमाडौँ, ३० असार । सन्राइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड संगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी अशक्तता भएमा रु. ५ लाखमा नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म रकम प्रदान गरिने व्यवस्था रहेको छ ।

बैंकका निक्षेप ग्राहक भानुभक्त तिम्सिनाको नाति थुर्पिनाथ तिम्सिनाको छोरा झापा जिल्ला, बिर्तामोड न.पा. वडा न ६ बस्ने हरि तिम्सिनाको सडक दुर्घटनामा परी निधन भएकोमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्र्तगत मृतकको नाममा यस बंंैकको सुरुङ्गा शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात रु. ५,००,००० ।– बराबरको रकम हस्तान्तरण गरिएको बैंकद्वारा २०७४ असार २९ गते जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *