सनराइज बैंकले १० बराबर ३ को अनुपातमा हकप्रद शेयर जारी गर्ने

Post Date : May 1, 2017 | 12:35 pm

काठमाडौँ, १८ वैशाख । सनराइज बैंकलाई १० बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बैंकले १ करोड ६३ लाख ५९ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । हकप्रद शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *